शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा यी हुन् एमालेका १५ उम्मेदवार, ओलीले दिएनन् भीम रावललाई टिकट

शुक्रबार, २१ असोज २०७९, १७ : ४३
शुक्रबार, २१ असोज २०७९

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सुनाएको हुन् । एमालेले उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।

थापाका अनुसार प्रतिनिधिसभातर्फ एमालेबाट बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनेका छन् । यस्तै अछाम– १ मा झपट बोहरा, २ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा तारा लामा,  २ मा नरबहादुर धामी, ३ मा तिनिधिसभा, कैलाली १ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको थापाले रातोपाटीलाई बताए ।  उनले भने, ‘प्रतिनिधिसभा सदस्यका उम्मेदवारको यो नै फाइनल हो । अध्यक्षज्यूले प्रदेशसभाका उम्मेदवारको नाम पनि भन्नु भएको थियो । तर प्रदेशको केही हेरफेर हुनसक्छ ।’

एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।  एमाले अध्यक्ष ओलीले नेता भीम रावललाई टिकट दिएका छैनन् । पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध उठेका रावल प्रतिनिधिसभामा उम्मेदवार हुनबाट बन्चित भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप