जसपाले छाड्यो सत्ता गठबन्धन, नेताहरु गएनन् बालुवाटार
सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । थापाका अनुसार बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन् ।
अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् । यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक मध्यान्ह १२ बजे बोलाएका छन् ।
सिट बाँडफाँटको कुरामा सहमति नहुन नसकेपछि विहीबारबाटै गठबन्धनबाट बाहिरिएको थियो । जसपा एमालेसँग तालमेलको तयारीमा छ । विहीबार गठबन्धनसँग अन्तिम बैठक गरेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने एमाले र जसपाको तयारी छ । उनका अनुसार २०–२२ सिटमा एमाले र जसपाबीच सहमति हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’