आईएमई लुटपाट प्रकरण : ताप्लेजुङ र इलाममा प्रहरीको सर्च अपरेसन
सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई काउन्टरमा करिब ३ सय जनाले सुन जाकटी राखेको पाइएको छ । ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार आईएमईमा करिब ३ सय जनाको सुन जाकटी राखेका थियो ।
डीएसपी राईका अनुसार सोमबार बिहान ९ः३० बजेको समयमा ४ जनाको समूहमा आएका व्यक्तिहरूले सुन र नगद लुटपाट गरेका थिए । उनीहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटपाट गरेर लगेको पाइएको छ ।
लुटपाटमा संलग्नमध्ये एक जनालाई फुङलिङ नजिकैको जङ्गलबाट सशस्त्र र जनपद प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको साथबाट ६ लाख नगद र ठुलो परिमाणमा सुन बरामद गरेको छ । लुटपाटमा संलग्न अन्य तीन जना भने अझै फरार छन् ।
प्रदेश नम्बर १ का डीआईजी सुदीप गिरीका अनुसार ताप्लेजुङ र आसपासको क्षेत्रमा प्रहरी सर्च अपरेसन जारी छ । उनीहरुलाई चाँडै पक्राउ गरिने प्रहरीले जनाएको छ । फरार लुटेराहरूको खोजीका लागि प्रदेश १ प्रहरीले ताप्लेजुङ र इलाम जिल्लामा सर्च अपरेसन जारी राखेको छ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको वीरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रान्सफरबाट सोमबार बिहान नगद र सुन लुटपाट भएको थियो । सुनको कारोबारको समेत लाइसेन्स लिइएको कञ्चन मनी ट्रान्सफरमा करिब ३ सय जनाले जाकटी राखेर नगद समेत लगेका थिए । मनी ट्रान्सफरमा रहेको दुई मध्ये एउटा भल्टमा रहेको सुन लुटपाट भएको प्रहरीले जनाएको छ । सुन पसलको नाम भने खुलेको छैन । सञ्चालकले सुन जाकटी (धरौटी) राखी ब्याज लिने गरी नगद दिएको प्रहरीले जनाएको छ ।
आईएमईकी सञ्चालक अम्बरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेका छन् । आईएमईकी कर्मचारी आशा राईलाई नियन्त्रणमा लिई हातगोडा बाँधी मुखमा समेत टेपले बाँधेर लुटपाट भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण