शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईएमई लुटपाट प्रकरण : ताप्लेजुङ र इलाममा प्रहरीको सर्च अपरेसन

करिब ३ सय जनाले जाकटी राखेको सुन लुटपाट
सोमबार, १७ असोज २०७९, २१ : ०८
सोमबार, १७ असोज २०७९

सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई काउन्टरमा करिब ३ सय जनाले सुन जाकटी राखेको पाइएको छ । ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार आईएमईमा करिब ३ सय जनाको सुन जाकटी राखेका थियो । 

डीएसपी राईका अनुसार सोमबार बिहान ९ः३० बजेको समयमा ४ जनाको समूहमा आएका व्यक्तिहरूले सुन र नगद लुटपाट गरेका थिए । उनीहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटपाट गरेर लगेको पाइएको छ ।

लुटपाटमा संलग्नमध्ये एक जनालाई फुङलिङ नजिकैको जङ्गलबाट सशस्त्र र जनपद प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको साथबाट ६ लाख नगद र ठुलो परिमाणमा सुन बरामद गरेको छ । लुटपाटमा संलग्न अन्य तीन जना भने अझै फरार छन् । 

प्रदेश नम्बर १ का डीआईजी सुदीप गिरीका अनुसार ताप्लेजुङ र आसपासको क्षेत्रमा प्रहरी सर्च अपरेसन जारी छ । उनीहरुलाई चाँडै पक्राउ गरिने प्रहरीले जनाएको छ । फरार लुटेराहरूको खोजीका लागि प्रदेश १ प्रहरीले ताप्लेजुङ र इलाम जिल्लामा सर्च अपरेसन जारी राखेको छ । 

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको वीरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रान्सफरबाट सोमबार बिहान नगद र सुन लुटपाट भएको थियो । सुनको कारोबारको समेत लाइसेन्स लिइएको कञ्चन मनी ट्रान्सफरमा करिब ३ सय जनाले जाकटी राखेर नगद समेत लगेका थिए । मनी ट्रान्सफरमा रहेको दुई मध्ये एउटा भल्टमा रहेको सुन लुटपाट भएको प्रहरीले जनाएको छ । सुन पसलको नाम भने खुलेको छैन । सञ्चालकले सुन जाकटी (धरौटी) राखी ब्याज लिने गरी नगद दिएको प्रहरीले जनाएको छ ।

आईएमईकी सञ्चालक अम्बरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेका छन् । आईएमईकी कर्मचारी आशा राईलाई नियन्त्रणमा लिई हातगोडा बाँधी मुखमा समेत टेपले बाँधेर लुटपाट भएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप