आईएमई लुटपाट गर्नेमध्ये एक जना पक्राउ, ६ लाख नगद र ठुलो मात्रामा सुन बरामद
सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको आइएमई काउन्टरमा लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । प्रदेश नम्बर १ का डीआइजी सुदिप गिरीले लुटपाटमा संलग्नमध्ये एक जना पक्राउ परेको पुष्टी गरेका छन् ।
सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमई काउन्टरबाट नगद र गरगहना लुटिएको थियो । नगद र गरगहना गरी करिब ९ करोड मूल्य बराबरको लुटपाट भएको दावी गरिएको थियो । यद्यपि प्रहरीले पक्राउ परेका एक जनासँग ६ लाख नगद र ठुलो परिमाणको सुन बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको जानकारी उपलब्ध गराएको छैन । प्रहरीका अनुसार लुटपाट भएकोमध्ये करिब ६५ प्रतिशत बरामद गरिएको बताएको छ ।
चार जनाको समूहमा आएका लुटेराहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटेर लगेको बताइएको छ । आइएमई सञ्चालकले करिब ९ करोड मूल्य बराबरको सुन र नगद लुटिएको दावी गरेपनि प्रहरीले भने त्यति ठुलो परिमाणको नगद र सुन लुटपाट नभएको बताएको छ ।
आइएमई सेन्टरमा कसैले सुन जाकटी राखेको र उक्त सुन लिन आइतबारदेखि नै सम्पर्क गरेको पाइएको छ । आइएमईका सञ्चालक अमरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेको बेला कर्मचारीले आइएमई सञ्चालन गरिरहेका थिए । बिहानै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद र सुन लुटपाट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
-
समाजवाद र पुँजीवादको फ्युजनः ‘संवैधानिक समाजवाद’ रास्वपाको मार्गदर्शन
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण