शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भर्सेस दक्षिण अफ्रिका : जब मैदानमा सर्प प्रवेश गर्‍यो

सोमबार, १७ असोज २०७९, ०७ : १७
सोमबार, १७ असोज २०७९

भारत र दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी–२० खेलमा रोचक घटना भएको छ । खेलको दौरान मैदानमा सर्प प्रवेश गरेपछि खेल केहीबेर रोक्नु परेको थियो ।

खेलमा भारतीय इनिङ्सको क्रममा आठौं ओभरमा सर्प मैदानमा प्रवेश गरेको थियो । जसका कारण खेल केही मिनेट रोकिएको थियो । त्यतिबेला रोहित शर्मा र केएल राहुल ब्याटिङ गरिरहेका थिए । 

केशव महाराज आठौं ओभरको सुरुमा बलिङ गर्न आएका थिए। ओभर सुरु हुनुअघि दक्षिण अफ्रिकाका केही खेलाडीहरू मैदानमा सर्प रहेको जानकारी दिएका । त्यसपछि ग्राउन्ड स्टाफलाई फिल्डमा बोलाइयो । सबै आवश्यक उपकरण लिएर जमिनमा पुगेर सर्पलाई लिएर गरे । खेल करिब पाँच मिनेटसम्म रोकिएको थियो । त्यतिन्जेल खेलाडीहरूले अनौपचारिक पेय ब्रेक पाए।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप