टी–२० सिरिज : भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित
भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।
गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए ।
दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने हात पार्न सकेन । भारतले दिएको स्कोर पछ्याउँदै दक्षिण अफ्रिकाको टोलीले तीन विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो ।
टेम्बा बाभुमा र रिले रुसो शून्यमा पेभिलियन फर्किए । मार्कराम पनि खास केही देखाउन सकेनन् र अक्षर पटेलको बलमा आउट भए । तर डेभिड मिलरले ४७ बलमा १०६ रन र क्विन्टन डी ककले ४८ बलमा ६९ रन बनाए पनि यी दुई खेलाडीको धुवाँदार इनिङ्सले पनि टोलीलाई जिताउन सकेन ।
यसअघि तिरुवनन्तपुरममा भएको पहिलो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल ४ अक्टोबरमा इन्दौरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब
-
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज
-
आगलागी र चट्याङबाट चौबिस दिनमा सत्ताइस जनाको मृत्यु