यसरी भयो सत्ता गठबन्धनको सिट बाँडफाँट

सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।
हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए । केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ती क्षेत्रमासमेत सहमति नजिक भएको ती नेताको दाबी छ ।
कहाँ कहाँ छ दोहोरो दाबी ?
कांग्रेसले लिने भनिएका सिट मध्ये ८३ सिट फाइनल भइसकेको छ । तर कांग्रेसले पाउनुपर्ने अन्य चार क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी भएकाले सहमति हुन बाँकी छ । अन्तिममा कांग्रेस ८५ सिटसम्ममा सहमत हुने कार्यदलका अर्का सदस्यले बताए । जसमा मोरङ क्षेत्र नम्बर तीनमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमति हुन सकेको छैन । दोलखा र रामेछाप दुबै कांग्रेसले दाबी गरेपछि माओवादी दुई मध्ये एक सिट पाउनुपर्ने दाबी नछोडेकाेले सहमति हुन सकेको छैन । धनुषा क्षेत्र नम्बर ४ कांग्रेसले पाउनुपर्नेमा जसपा र दैलेख एकमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेकाले सहमति हुन बाँकी छ ।
माओवादी केन्द्रले पाउने भनिएका ४९ मध्ये ३६ सिटमा सहमति भएको छ । माओवादीले पाउनुपर्ने बाँकी १३ क्षेत्रमा कांग्रेस सहित एकीकृत समाजवादी र जसपाले दाबी गरेका छन् । जसमा खोटाङ र उदयपुर २, धादिङ एक, सल्यान, अछाम १ र बारा ४ माओवादीले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीको दोहोरो दाबी गरेकाले सहमती भएको छैन । सर्लाही क्षेत्र नम्बर २ र रुपन्देही १ माओवादी पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमती हुन बाँकी छ । नवलपरासी पश्चिम एकमा माओवादीले पाउनुपर्नेमा कांग्रेसले समेत दाबी गरेको छ ।
यस्तै एकीकृत समाजवादीले १४ सिट पाउने तय भइसकेको छ । एकीकृत समाजवादीले अन्य तीन सिटमा माओवादीले दाबी गरेकाले सहमती हुन सकेको छैन । जसमा बारा ४ धादिङ १ र अछाम १ एकीकृत समाजवादीले पाउनुपर्ने क्षेत्रमा माओवादीले समेत दाबी गरेकाले सहमति हुन सकेको छैन ।
यस्तै जनता समाजवादी पार्टीले १३ सिट पाउने तय भइसकेको छ । जसमा धनुषा ३ महोत्तरी ३ जसपाले पाउनुपर्ने क्षेत्रमा कांग्रेसले दाबी गरेकाले सहमति भएको छैन । रुपन्देही १ जसपाले पाउनुपर्ने क्षेत्रमा माओवादीले दाबी गरेकाले सहमती हुन नसकेको हो । राष्ट्रिय जनमोर्चाले प्युठान र बाग्लुङ एक लिने निर्णय भइ सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?