एकीकृत समाजवादीले १७ सिट पाउने सहमति
बिहीबार, १३ असोज २०७९, ०८ : ०१
![एकीकृत समाजवादीले १७ सिट पाउने सहमति](https://rpcdn.ratopati.com/media/albums/madhav_nepal_2_4Jb1BPgsgP.jpg)
सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ सिट दिने करिब सहमति भएको हो ।
जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।
तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने