बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल र बंगलादेशबीचको खेलमा भीआईपीलाई ५ हजारका दरले टिकट बेच्दै एन्फा

सोमबार, १० असोज २०७९, २२ : ३३
सोमबार, १० असोज २०७९

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । मंगलबार घरेलु मैदानमा लामो समय पछि हुन लागेको यो मैत्रीपूर्ण खेलमा एन्फाले महँगो दरमा टिकट बेच्न लागेको हो ।

एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।  उक्त खेलका लागि भीआईपीतर्फको  सो टिकटको मूल्य ५ हजार तोकिएको राईको भनाइ छ । 

८० टिकटको मूल्य ५ हजार भएपनि बाँकी टिकट भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रहेको राईले बताए । ‘हामीले सिमित ८० सिटको टिकटका लागि ५ हजार रुपैया तोकेका छौं । त्यसमा फुटबलमा सहयोग गर्न चाहनेहरुले टिकट काट्नु हुनेछ । बाँकी टिकटको मूल्य पूर्वनिर्धारित नै हुन्छ,’ राईले भने । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल मंगलबार साँझ ५ः३० देखि सुरु हुनेछ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप