शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुटबल : यस्तो छ इतिहासमा बंगलादेश र नेपालको नतिजा

सोमबार, १० असोज २०७९, १४ : ०३
सोमबार, १० असोज २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । मंगलबार बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ । 
नेपाली टोलीले बंगलादेशसँग घरेलु मैदानमा हराउने लक्ष्य बनाएको छ । तर, इतिहासमा हेर्दा नेपाली टोली बंगलादेशभन्दा कमजोर हो । 

नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ खेल खेलेको छ । जसमा नेपाल धेरै कमजोर छ । बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । दुई टोलीबीचको ५  खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैले नेपाललाई यो पटकको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग डर हुनेछ । यो पटक बंगलादेशको टोली झनै बलियो भएर आएको छ । बंगलादेशले भर्खरै मात्र घरेलु मैदानमा कम्बोडियालाई १–० गोल अन्तरले हराएको हो । 
घरेलु मैदान दशरथ रंगशालामा नेपालले बंगलादेशलाई हराउँदै घरेलु दर्शकलाई दसैँको उपहार दिने योजना बनाएको छ । 

नेपाल र बंगलादेश बीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।  बंगलादेश विरुद्धको खेलमा ‘हेड टु हेड’ मा नेपाल निकै पछि छ । नेपालले पछिल्लो पटक बंगलादेश विरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो ।
त्यसअघि नेपालले बंगलादेशसँग घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा हराएको थियो । 

नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले नेपाल जितका लागि मैदान उत्रने बताए । 
दसैँको मुखमा घरेलु दर्शकलाई जितको उपहार दिन तयार भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप