लाल मोहम्मद हत्या प्रकरणः मुख्य योजनाकार भारतीय
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद बस्ने घर नजिकै एउटा गेष्ट हाउस छ । सो गेष्ट हाउस हो–‘कोशीपारी गेष्ट हाउस एण्ड होटल ।’ ३० भदौमा साँझ एकजना मानिस सो गेष्ट हाउसमा पाहुना बनेर गएका थिए । तिनै पाहुनाले करिब २ सय मिटर पर ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट उद्योग चलाउने ५८ वर्षका लाल मोहम्मदको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
गेष्ट हाउसमा पुगेका पाहुना हुन्–‘जितेन खान ।’ गेष्ट हाउसको लगबुकमा उनले सो नाम इन्ट्री गराएका छन् । लगबुकमा इन्ट्री गराएको नाम वास्तविक हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सिबिजी मोटरसाइकल चढेर गेष्ट हाउसमा पुगेका जितेनले नै लाल मोहम्मदको हत्या योजना बनाएका हुन् । भदौ ३० देखी रेकी गरेका उनले असोज ३ मा सुटर बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गेष्ट हाउसमा बसेर निगरानी गर्ने पुरुष नै मुख्य योजनाकार हुन् । भारतको नयाँ दिल्ली घर भएका उनी लामो समयदेखि नेपाल बस्दै आएको थाहा भएको छ ।
मुख्य योजनाकार र लाल मोहम्मदको बिचमा आर्थिक कारोबार रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आपराधिक पृष्ठभूमि भएका मोहम्मद जाली नोट कारोबारीलाई गोली प्रहार गरेको आरोपमा १० वर्ष जेल बसेर निस्केका हुन् ।
सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका मोहम्मद हत्यामा संलग्न मुख्य योजनाकार प्रहरीको खोजी सूचीमै थिए । करिब १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटमा संलग्न भएको आशंकामा प्रहरीले उनलाई खोजिरहेको थियो । हुण्डीको सो रकम लुटेर उनी फरार भएका थिए । सो रकम हुण्डीको भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
‘मुख्य योजनाकार मृतकको बिचमा आर्थिक कारोबार पनि भएको देखिएको छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘सुटर मगाएर योजनाबद्ध हत्या गरेको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
