गोली चलेको स्थलमै पेस्तोल भेटियो, गाडीको पिछा गरेर आक्रमण
राजधानीको गोठाटारस्थित गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए ।
उनी व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनी कागेश्वरी बस्दै आएको र त्यही व्यवसाय गर्ने गरेको खुलेको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।
घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ । ५८ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा सवार थिए । उनलाई फलो गर्दै मोटरसाइकलमा आएका दुई जनाले गाडीबाट झरेर गार्मेन्ट (निवास पनि सोही स्थान) तर्फ जाने क्रममा एक्कासि गोली प्रहार भएको थियो । गाडी उनका चालकले चलाएको बताइएको छ । सुरुमा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको र त्यसपछि एक राउण्ड हवाइ फायर भएको प्रत्यक्षदर्शी राम श्रेष्ठले जानकारी दिए ।
गोली लागेर ढलेपछि अपराधीले पेस्तोलको बटले टाउकोमा समेत हानेका थिए । गोली चलेको आवाज सुनेपछि घाइतेकी छोरीसहितका स्थानीयले हल्लाखल्ला गरेपछि पेस्तोल छाडेर अपराधी भागेको बताइएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
