गोठाटार घटनामा घाइतेको पहिचान खुल्यो, चार राउण्ड गोली हानेर अपराधी फरार
काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।
सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।
घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ । ५८ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीहरूको निशानामा इजरायली जहाज
-
नगरसभा स्थगित भएपछि कांग्रेस जनप्रतिनिधिले लगाए पोखरा महानगरमा ताला
-
ओलीको सत्तारोहणको दिनदेखि नै कुलमानलाई हटाउने प्रपञ्च भइरहेको छः महासचिव गुरुङ
-
खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी हो : पूर्वराष्ट्रपति यादव
-
रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुग्यो
-
इंग्ल्याण्डलाई हराउँदै महिला एसेज पुनः अस्ट्रेलियाको कब्जामा