शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता

आइतबार, ०२ असोज २०७९, १८ : २७
आइतबार, ०२ असोज २०७९

 निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । 

 महाअभियोग पारित नभएको भन्दै जबरा आइतबार सर्वोच्चमा जान खोजेका थिए । तर, सुरक्षाकर्मीले उनलाई बालुवाटार स्थित निवासमै रोकेपछि उनि सर्वोच्च जान सकेका छैनन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप