ओलीलाई प्रचण्डको कटाक्ष : दुई पटक संसद विघटन गर्ने अझै हुँकार उहाँकै ठूलो ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठीक गरेँ भनेर अझै जनताका आँखामा छारो हाल्न खोजेको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले दलभित्र छलफल नै नगरी हठात रुपमा संविधान विपरित प्रतिनिधिसभा विगठन गर्नु प्रतिगमन हैन भन्दै ओलीलाई प्रश्न गरेका छन् ।
आफूभन्दा अगाडि बोलेका एमाले अध्यक्ष ओलीले आफूले संविधान अनुसार सदन विघटन गरेको दावी गरेका थिए । सो अभिव्यक्तिमाथि जवाफ दिँदै प्रचण्डले ओली नेतृत्वको सरकार संविधानको भावना अनुसार सरकार चल्न नसकेको बताए ।
उनले संविधानमा हुँदै नभएको व्यवस्थाबाट संसद भंग गर्ने मात्र नभई सरकार बनाउन समेत खोजेको बताए । अहिलेको निर्वाचनसँग जोडेर आफूले संविधान विपरित संसद विगठन गरेर चुनावको घोषणा पनि प्रतिगमन नभएको बताउनु आश्चर्य भएको बताए । उनले भने– ‘जे भनेर पनि ब्याख्या गरिदिएर हुन्छ ? आफूले जसरी जे ब्याख्या गरेपनि जनता सबै भेडा छन् भन्ने तपाईको बुझाई हो ? सर्वोच्चको फैसलाबाट यो संसद अकाल मृत्युबाट बचेर संविधानको रक्षा भएको बताए ।
यस्तै आगामी मंसिर ४ गतेको चुनावमा गठबन्धन दललाई जनताले देखाइदिन्छन् भन्ने ओलीको भनाइको जवाफमा प्रचण्डले जनताले एमालेलाई देखाइदिने बताए ।
उनले प्रश्न गरे– ‘चुनावमा के हुन्छ राष्ट्रियसभाको चुनावले सन्देश दिएको हैन ? नेपाल बारको चुनावले सन्देश दिएको हैन ? पत्रकार महासंघको चुनावले सन्देश दिएको हैन ? स्थानीय तहको निर्वाचनले सन्देश दिएको हैन ? मैले दुई दुई संसद पटक विघटन गरे भनेर पश्चाताप गर्नुहोला भनेको त अझै उही दम्भ छ । मंसिर ४ गते तपाई पनि हेर्नुहोला हामी पनि हेछौँ ।’ उनले ओलीले राष्ट्रियताको कुरा गर्ने तर मध्यरातमा विदेशीलाई भेटेको कुरामा आत्मसमिक्षा गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह