आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा बढी मतदाता मोरङमा, ७,३५,५२५, सबैभन्दा कम मनाङमा

शुक्रबार, ३१ भदौ २०७९, १६ : ५९
शुक्रबार, ३१ भदौ २०७९

आगामी मंसिर ४ मा हुने निर्वाचनमा सवैभन्दा बढी मतदाता प्रदेश १ को मोरङ र कम मतदाता रहेको जिल्ला गण्डकी प्रदेशको मनाङ  रहेको छ ।  निर्वाचन आयोगले अन्तिम मतदाता नामावली शुक्रबार प्रकाशन गर्दै ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको जिल्ला मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेको जनाएको हो भने मनाङमा सवैभन्दा कम ६ हजार ७७९ जना मतदाता रहेका छन् ।

मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ काठमाडौमा रहेका छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा २२ हजार ७७४ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप