बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामको सुझावमा बालेनले जवाफ फर्काए– फुटपाथ बनाउँदा पनि सोच्नुपर्थ्यो नि !

शुक्रबार, ३१ भदौ २०७९, १६ : ०४
शुक्रबार, ३१ भदौ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । भट्टराईले शाहको अभियानको प्रशंशा गर्दै केही सुझाव दिएपनि उनले विगतमा भट्टराईबाट कमजोरी भएको औँल्याउँदै जवाफ फर्काएका हुन् । 

भट्टराईले सामाजिक सञ्जालमार्फत बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न  शाहसँग आग्रह गरेका थिए ।  तर, सुझाव ग्रहण नगरी विगतमा हजारौँ घर भत्काएर फुटपाथ बनाउँदा बाबुरामले यसबारे नसोचेको बताएका हुन् ।

उनले बाबुरामलाई जवाफ फर्काएका छन्, ‘यो कुरा त हजुरले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पथ्र्यो नि ।’ स्मरण रहोस् बाबुरामले प्रधानमन्त्री हुँदा राजधानीको सडक चौडा पारेका थिए ।  बालेनले बाबुरामको सुझाव ग्रहण नगरी ठाडो जवाफ फर्काएको टिप्पणी समेत सामाजिक सञ्जालमा भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप