शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनलाई बाबुरामको आग्रह : स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकौं

शुक्रबार, ३१ भदौ २०७९, ०८ : २७
शुक्रबार, ३१ भदौ २०७९

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न  काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् ।

महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर शाहको अभियानको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् ।


शुक्रबार बिहान ट्वीटमार्फत उनले फुटपाथ व्यवस्थित गर्दा निश्चित ठाउँ र समय तोकेर स्वरोजगार श्रमिकहरूको व्यवस्थापन पनि गर्नुपर्नेमा जोड दिए ।

संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप