आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने

बिहीबार, ३० भदौ २०७९, १२ : ४८
बिहीबार, ३० भदौ २०७९

चोलेन्द्रले आरोप लगाएका पूर्व पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो । 

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो । 

त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् । बिहीबार रातोपाटीसँग कुरा गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूहरु समितिमा बयानका लागि नजाने बताइन् । कार्कीले रातोपाटीसँग भनिन्, ‘हामीलाई हिजो पत्र काटेर समितिमा बयानका लागि बोलाइएको थियो । हामीहरुले त्यहाँ नजाने निर्णय गरेका छौँ । हामी कोही पनि त्यहाँ जाँदैनौं ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप