जनाधार नभएका र विगतमा अवसर पाएकालाई राप्रपाले समानुपातिक उम्मेदवार नबनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनाधार नभएका र विगतमा अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति अख्तियार गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा जनाधार नभएका र विगतमा पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल केन्द्रीत भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
‘विगतमा अवसर पाएकाहरुलाई समानुपातिकका नदोहोर्याउने गरी छलफल भएको छ । उम्मेदवार चयनका लागि विभिन्न पापदण्ड पनि बनाइएको छ’, ती नेताले भने । मापदण्डमा स्थानीय तहमा आएको मतपरिणामको रुझान हेरेर सोही क्षेत्रलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार चयन गर्नेगरी छलफल भएको छ । यसबाहेक पार्टीमा योगदान दिएका, पार्टीमा प्रभावकारी ढंगले कार्यसम्पादन गरेका, समानुपातिकको भोट बटुल्न सक्नेलगायतका योग्यता भएकालाई पनि उम्मेदवार बनाउन प्राथमिकता दिइने ती नेताको भनाइ छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय बोर्ड गठन गरेपछि पहिलो बैठक बसेको हो । बैठकमा सचिवालयको तर्फबाट प्रमुख तथा उपाध्यक्ष हेमजंग गुरुङले जिल्लाहरूबाट सिफारिस भइ आएका नामावलीहरु समितिमा पेश गरेका छन् । हालसम्म ६७ जिल्लाको नामावली समितिमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी