उम्मेदवार छान्न राप्रपाले बनाएको संसदीय बोर्डमा को–को ?
मङ्गलबार, २८ भदौ २०७९, १९ : २६

राप्रपाले संसदीय बोर्ड गठन गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा टिकट वितरण लगायतका प्रयोजनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले बोर्ड गठन गरेका हुन् ।
लिङ्देन नेतृत्वको बोर्डमा पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा पदेन सदस्य रहेका छन् । यस्तै सदस्यहरुमा चन्द्र बहादुर गुरुङ, गीताभक्त जोशी, जयन्तनाथ खनाल, कान्ता भट्टराई, राजु बस्नेत, केदार न्यौपाने र बबिना मोक्तान लावती रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट बोर्डले गर्ने उनको भनाइ छ । यसअघि राप्रपाले अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध