आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महाभियोग : चोलेन्द्रद्वारा आरोपितलाई तीन चरणमा बयान लिइने

बुधबार, २९ भदौ २०७९, १७ : २८
बुधबार, २९ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आरोप लगाएकाहरूलाई महाभियोग सिफारिस समितिले बिहीबार बयानका लागि बोलाएको छ । समितिले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितका व्यक्तिहरूलाई बयानका लागि बोलाएको हो ।

समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार राणाले आरोप लगाएका व्यक्तिहरूलाई तीन चरणमा बयान लिने तयारी गरिएको छ । पहिलो चरणमा बिहान ८ बजे कायम मुकायम प्रधानन्यायाधीशबाट बयान सुरु गरिनेछ । त्यस्तै, दोस्रो चरणमा दिउँसो १ बजे र तेस्रो चरणमा ३ बजे बयान लिइने छ ।

विष्टका अनुसार बयानका लागि बोलाइएका अन्य व्यक्तिहरूमा पाँच जना न्यायाधीश, बार एसोसिएसनका पदाधिकारी, पूर्व प्रधानन्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप