जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने–न्यायोचित ढंगले सिट बाँडफाँट हुन्छ

सञ्चारमन्त्री तथा सत्ता गठबन्धनबीच सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका हुन् ।
असन्तुष्ट रहेको जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने, ‘न्यायोचित ढंगले सिटको बाँडफाँट हुन्छ । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुन्छ । जसपा गठबन्धनबाट बाहिर हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने