‘मेरो होस्टल बन्द भैसकेको थियो, त्यसपछि सन्दीपले होटलमा जान बाध्य पारे’
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको भनिएको होटलबाट प्रहरीले प्रमाण संकलन गरेको छ । प्रहरी वृत गौशालाबाट खटिएका अनुसन्धान अधिकृतहरूले बुधवार एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटलमा पुगेर होटलको क्लोज सर्किट (सिसि) क्यामराका दृश्य संकलन गरेका हुन् ।
अनुसन्धान अधिकृतहरूले होटलका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् । भदौ ५ मा राति ११ बजे र ५५ मिनेटमा सन्दीपले नाबालिगलाई सो होटलमा लगेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस नोटमार्फत जानकारी दिएको छ । भदौ ६ मा १२ बजेर २५ मिनेटपछि आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको नाबालिगले जाहेरीमा उल्लेख गरेकी छन् ।
नाबालिग काठमाडौंको एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्यापच्याट र हवाट्एपमाफर्त कुराकानी भएपछि नाबालिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुकाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । ‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्विकार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ–‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’
होटलमा दुईवटा कोठामा छुट्टाछुट्टै बस्ने सहमति भएपनि लामिछानेले ‘अरु कोठा खाली रहेनछ’ भन्दै एउटा मात्रै कोठा लिएका थिए । होटलको कोठा नम्बर–३०५ मा आफूलाई बलात्कार गरेको पीडितको आरोप छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार विहान ६ बजेर ४५ मिनेटमा लामिछाने सो होटलबाट आउट भएको देखिएको छ । प्रहरीले नगरकोटमा गएर उनीहरू घुमेको र रेष्टुराँमा बसेको बारे क्लोज सर्किट (सिसि) क्यामराका कैद भएका दृश्य संकलन गरिरहेको छ ।
प्रहरीले सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालतसँग अनुमती मागेको छ । बुधवार अदालती प्रक्रियाका कारण पक्राउ अनुमति लिन असम्भव भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण