सन्दिप लामिछानेविरुद्ध आज पक्राउ अनुमति आएन
बुधबार, २२ भदौ २०७९, १८ : ५४

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो ।
तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अदालतको प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । ‘आज पक्राउ अनुमती लिन भ्याइनएन’ जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्–‘अदालती प्रक्रियाका कारण आज ढिला भयो ।’
आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलात्कार गरेको जाहेरी दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता