मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

संसदको कार्यकाल थप्नबाट पछि हट्यो सरकार

‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित
मङ्गलबार, २१ भदौ २०७९, १७ : २८
मङ्गलबार, २१ भदौ २०७९

 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९' बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले उक्त विधेयक पारित भएको हो ।  बैठकमा सांसदहरु शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी, बिन्दा पाण्डेले विधेयकका केही बुँदाहरुमा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । 

त्यसैगरी सांसदहरु विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो । सरकारले ल्याएको विधेयकका केही बुँदामध्ये संसदको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदहरुले विरोध गर्दै संशोधन प्रस्ताव हालेका थिए । त्यसमा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।​ कानुन मन्त्रीले   विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेका हुन् ।  

संसदको कार्यदल थप्ने सरकारको प्रस्तावको नेकपा एमालेले र सत्ता गठबन्धनकै केही नेताहरुले विरोध गर्दै आएका थिए । यस्तै निर्वाचन आयोगले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाएको थियो । 

प्रतिनिधि सभाको अर्को बैठक भदौ २२ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप