बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठक जारी, चोलेन्द्रको बयान लिने तयारी

बुधबार, १५ भदौ २०७९, ०७ : ००
बुधबार, १५ भदौ २०७९

महाभियोग सिफारिस समितिको बैठक सुरू भएको छ ।सिंहदरवारस्थित संसद सचिवालयमा निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिलोगरी बैठक सुरु भएको हो ।  बयानका लागि सिंहदरवार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भने बैठकमा बालाइएको छैन । समितिका सदस्यहरुबीचको छलफलपछि राणालाई बैठकमा बोलाएर बयान लिने तयारी छ ।  राणा निर्धारित समयमै सिंहदरवार पुगेका थिए । 

गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन लागेको हो । 
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा.शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन्  ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप