समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक राणासँग बयान लिन लागेको हो ।
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक