विज्ञापन बोर्डले सच्यायो सहकारीसम्बन्धी विज्ञापन
आइतबार, ०५ भदौ २०७९, १९ : ३९
विज्ञापन बोर्डले सहकारीसम्बन्धी जनचेतनामूलक विज्ञापन सच्याएको छ । ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने सहकारीसम्बन्धी जारी भएको लोककल्याणकरी विज्ञापन बोर्डले आइतबार सच्याएको हो ।
सहकारी क्षेत्रलाई नै असर पार्नेगरी विज्ञापन बोर्डले विज्ञापन बनाएको भन्दै चौतर्फी विरोध भएसँगै विज्ञापन सच्याएको हो । नयाँ सूचनामा बोर्ड सहकारी भन्ने ब्यहोरामा बैंक, वित्तीय संस्था र सहकारी भन्ने शब्दावली थपेको छ । जसले सम्पूर्ण बैंकिङ क्षेत्र भन्ने हुने भन्दै बोर्डले आफ्नो पूर्व विज्ञापन सच्याएको जनाएको हो ।
यसअघि बोर्डले पत्रपत्रिकामा भदौ महिनामा प्रकाशित गर्न बनाएको ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने लोककल्याणकरी सूचनामा सहकारी लगायतका वित्तीय संस्थामा रकम जम्मा गर्दा संस्थाको विश्वसनीयता परिक्षण गर्न, बढी ब्याजको लोभमा नफस्न सुझाव आग्रह गरिएको थियो ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने