बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले किन गराइन् ‘ड्रग परीक्षण’ ?

शनिबार, ०४ भदौ २०७९, ०८ : ३७
शनिबार, ०४ भदौ २०७९

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएपछि लागुऔषध सेवन गरेको आरोप अस्वीकार गरेकी छन् । तर, ‘कुनै शंका हटाउन’ उनको औषधि परीक्षण गरिएको छ ।

सन्ना मरिन प्रधानमन्त्री भएदेखि नै उनको पार्टीको लगावका कारण बारम्बार आलोचना हुने गरेकी छिन् ।

संगीत समारोहमा भाग लिएको उनको तस्बिर धेरै पटक सार्वजनिक भइसकेका छन् । पछिल्लो भाइरल भिडियोमा उनी फिनल्याण्डका पपस्टारसँग पनि नाच्दै थिइन् ।

यद्यपि यसका लागि धेरैले उनको तारिफ पनि गरिरहेका छन् । जर्मन समाचार संस्था बिल्डले उनलाई विश्वकै ‘कुलेस्ट’ प्रधानमन्त्रीको संज्ञा दिएको छ ।

सन्ना मरिन​को कार्यकालमा फिनल्याण्डले धेरै चुनौतीको सामना गरेको छ । सबैभन्दा पहिले कोरोना महामारीका कारण देशले धेरै समस्या झेल्नुपरेको थियो भने युक्रेनमा रुसको आक्रमणले फिनल्याण्डको चुनौती पनि बढाएको छ ।

 


३६ वर्षीया सन्ना मरिन करिब साढे दुई वर्षअघि फिनल्याण्डकी प्रधानमन्त्री हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री थिइन् । देशको राजनीतिक इतिहासमा उनी प्रधानमन्त्री बन्ने सबैभन्दा कान्छी व्यक्ति हुन् ।

देशको सत्ता आफ्नै हातमा लिन मरिनले केन्द्र र वाम विचारधाराका दलहरूबीच महत्वपूर्ण गठबन्धन बनाएकी थिइन्  । यो गठबन्धनमा थप चार जना महिला नेताहरू समावेश छन्, जसमध्ये एकजना मात्रै ३५ वर्षभन्दा माथिकी छिन् ।

को हुन् सन्ना मरिन ?

सन्ना मरिन एक साधारण परिवारकी हुन् । मारिन सानै छँदा उनका आमाबाबु अलग्गिएका भए । आमाले एक्लै उनको हेरचाह गरिन् । यस्तो अवस्थामा उनले बाल्यकालमा आर्थिक समस्या पनि भोग्नुपरेको थियो ।

साना मारिन आफ्नो परिवारमा हाईस्कूल पास गरेर विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् ।

उनले २० वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसको दुई वर्षपछि मात्रै उनले काउन्सिलरको चुनावमा समावेश भइन् । यद्यपि उनी पराजित भएकी थिइन् । तर, ५ वर्षपछि उनी काउन्सिलर मात्र नभई सबै सल्लाहकारको नेतृत्व पनि गरिन् ।

एक ब्लगमा उनले १५ वर्षकी हुँदा बेकरीमा काम गरेको बताइन् । पछि पत्रिका वितरणको काम पनि गरेकी थिइन् ।

उनले उक्त ब्लगमा उनकी आमा एक महिलासँगको सम्बन्धमा रहेको त्यसैले उनले विभिन्न लाञ्छनाको पनि सामना गर्नुपरेको बताएकी थिइन् । उनले बारम्बार भन्छिन्, ‘मेरी आमाले सधैँ मलाई ‘तिमीलाई जे बन्न मन लागेको छ, त्यो बन्न सक्छौ’ भनेर विश्वास दिलाइरहनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप