बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा रक्सी पिएर नाचिरहेकी फिनल्याण्डकी प्रधानमन्त्रीको भिडियो लिक, ड्रग्स खाएको विपक्षीको आरोप

शुक्रबार, ०३ भदौ २०७९, १० : ३८
शुक्रबार, ०३ भदौ २०७९

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टी गरिरहेको भिडियो सार्वजनिक भएपछि विवाद बढेको छ । फिनल्याण्डको विपक्षी नेताले भिडियोको विषयमा सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । यहाँसम्म कि उनको लागुऔषध परीक्षण गर्न पनि माग गरिँदै छ । यद्यपि, सना मरिनले ड्रग्स लिएको मामिलामा स्पष्टिकरण दिँदै पार्टीमा आफूले रक्सी मात्रै सेवन गरेको बताएकी छिन् ।

सोसल मिडियामा सना मरिनको जुन भिडियो भाइरल भइरहेको छ, त्यसमा उनी आफ्ना साथीहरुसँग नाच्दै गाइरहेको देखिएक्ी छिन् । भिडियोको विषयमा सोसल मिडियामा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

प्रधानमन्त्री सना मरिनले भनिन्, ‘भिडियो बनिरहेको छ भन्ने थाहा थियो’

प्रधानमन्त्री सना मरिनले आफ्नो लिक भिडियोको विषयमा स्पष्टिकरण दिँदै आफ्नो भिडियो बनाइरहेको भन्ने थाहा भएको तर यसलाई सार्वजनिक गरिएकोमा आफूलाई दुःख लागेको बताएकी छिन् ।

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले भनिन्, ‘हामीले पार्टी गर्यौँ, नाच्यौँ र गायौँ पनि । यो पूर्ण रुपमा लिगल चिज हुन् । तर म ड्रग्स खाने कसैलाई पनि चिन्दिनँ न नै यो खानुपर्ने दिन कहिल्यै आयो ।’

पत्रकारसँगको कुराकानीमा सना मरिनले स्पष्टिकरण दिँदै भनिन्, ‘मेरो एक पारिवारिक जीवन छ, व्यावसायिक जीवन पनि छ । मसँग थोरै खाली समय पनि छ जुन म आफ्ना साथीहरुसँग बिताउन चाहन्छु ।’

मैले केही पनि परिवर्तन गर्नुपर्ने छैन : सना मरिन

सना मरिनले थपिन्, ‘मलाई लाग्छ कि मैले आफ्नो व्यवहारमा कुनै खालको परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन । म सधैँ यस्तै हुनेछ जुन म सधैँ थिएँ ।’

यस्तै, फिनल्याण्डकी विपक्षी नेता रिका पूर्राले सना मरिनको लिक भएको भिडियोमा तिखो प्रहार गरेकी छिन् । विपक्षी नेताले भनिन्, ‘फिनल्याण्डकी प्रधानमन्त्रीको ड्रग परीक्षण गराउनुपर्छ ।’ यस्तै, विपक्षी दलका अन्य नेताले प्रधानमन्त्री मरिनका साथै मिडियामाथि पनि निशाना साँधेका छन् ।

फिनल्याण्डका राजनीतिक पत्रकार रोबर्ट सन्डम्यानले बीबीसीसँग कुरा गर्दै भने, ‘यो उमेरका महिलाका लागि साथीहरुसँग मज्जा गर्नु सामान्य कुरा हो भनेर धेरै मानिसहरुले यस विषयमा आफ्नो धारणा राखिरहेका छन् । यो अचम्मको धारणा हो ।’

को हुन् फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन ?

सना मरिन विश्वकी सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनलाई थुप्र्रै पटक पार्टीमा मस्ती गरिरहेको देखिइसकेको छ । अघिल्लो वर्ष उनले क्लब गएकोमा माफी पनि मागेकी थिइन् किनभने त्यतिबेला उनी एक कोभिड संक्रमित व्यक्तिको सम्पर्कमा आएकी थिइन् । हालै जर्मन न्युज आउटलेट बिल्डले सना मरिनलाई विश्वको सबैभन्दा कुलेस्ट प्राइम मिनिस्टर बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप