१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए चार नेतालाई भाग
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो ।
अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।
यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवाले मंगलबार शेखर पक्षबाट २ , प्रकाशमान, सिटौला र शशांक निकट १–१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा केन्द्रीय सदस्यमा पराजित हुनेदेखि क्षेत्रीय सभापतिमा पराजित भएका महिला नेतृसम्म रहेका छन् ।
देउवाले शेखर पक्षकी यादव र रुक्मिणी कोइरालालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् भने शशांक काेइराला निकट उर्मिला थपलिया पनि केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । शेखर कोइराला निकट किरण यादव र रुक्मिणी कोइराला १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् भने शशांक कोइराला निकट उर्मिला थपलिया पनि केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । नेविसंघकी पूर्वमहामन्त्री थपलियालाई शेखर समूहले टिमबाट हटाएको थियो ।
यस्तै नेता कृष्णप्रसाद सिटौला निकट धना खतिवडालाई पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् । महिला संघकी निवर्तमान महासचिव खतिवडाले महिला संघको अध्यक्षमा आकांक्षा राखेकी थिइन् । महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनित गरेका देउवाले खतिवडालाई केन्द्रीय बनाएका छन् । देउवाले प्रकाशमान सिंह निकट कल्याणी रिजाललाई पनि केन्द्रीय सदस्य बनाएका हुन् । रिजालले महिला संघमा लामो समय काम गरेकी थिइन् ।
देउवा पक्षबाट भने राधा घले, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा केन्द्रीय सदस्य भएका छन् । बागमती प्रदेश काँग्रेसकी मुख्य सचेतक हुन् भने खतिवडा सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पराजित भएकी थिइन् । शाही रुपन्देही महिला संघकी अध्यक्ष थिइन् भने गोमा भट्टराई केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । गंगा शाही गृहमन्त्री बालकृष्ण खाणको सिफारिसमा केन्द्रीय सदस्य भएको बुझिएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न