काँग्रेसले मंगलबार ४ बजे दल दर्ता गर्दै, केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी
![काँग्रेसले मंगलबार ४ बजे दल दर्ता गर्दै, केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी](https://rpcdn.ratopati.com/media/albums/Nepali-Congress-Party-Office_5kKilwWpjK.jpg)
नेपाली काँग्रेसले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गर्ने भएको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोग कार्यालयमा गएर दल दर्ता गरिने छ ।
काँग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । पौडेलको साथमा काँग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि काँग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ । पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने काँग्रेसको तयारी छ । १६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा अहिले १४८ जना छन् । जसमा ४३ जना महिला सदस्य छन् । १६८ को ३३ प्रतिशत पुर्याउन थप १२ जना महिला केन्द्रीय सदस्य बनाउनुपर्ने काँग्रेसलाई बाध्यता छ ।
काँग्रेस महामन्त्री शर्माले भने केन्द्रीय कमिटीलाई पूर्णता दिँदा महिलाको उपस्थिति ३३ प्रतिशत भन्दा कम नहुने बताए । उनले भने, ‘केन्द्रीय कमिटीलाई पूर्णता दिँदा महिलाको प्रतिनिधित्व हामी ३३ प्रतिशतभन्दा कम गर्दैनौं बढी नै गर्छौं । यो कुराको प्रतिबद्धता हामीले गरेकै छौं । यो कुरा निर्वाचन आयोगमा लेखेर दिहाल्छौँ ।’
तर यसका लागि सभापति शेरबहादुर देउवाले गृहकार्य गरिरहेको बुझिएको छ । उनी केन्द्रीय सदस्य मनोनित गर्ने तयारीमा छन् । महामन्त्री शर्माले भने ‘भोलि दल दर्ता गर्नुअघि बाँकी केन्द्रीय सदस्य मनोनितको सम्भावना छ । त्यो भएन भने पनि दल दर्तामा समस्या पर्दैन ।’ शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि पदाधिकारी र नेतृ उमा रेग्मी लगायतले निर्वाचन आयोगमा दल दर्ता गर्न अघि केन्द्रीय सदस्य मनोनित गरे केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउन सभापति देउवाको ध्यानाकर्षण गरेका थिए । जवाफमा देउवाले चाडै बाँकी केन्द्रीय सदस्य मनोनित गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु