राष्ट्रपति भण्डारीको कदमलाई लोसपाले सशक्त प्रतिवाद गर्छ : अध्यक्ष ठाकुर
राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नागरिकता विधेयक फिर्ताप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।
उनले रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लाखौ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गर्नुभएको छ, दुवै संसदले पारित गरिसकेको विधेयकलाई राष्ट्रपतिले फिर्ता बोलाउनु भनेको सम्पूर्ण नेपाल जनताको अपमान हो यसलाई हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ ।’ सोमबार लोसपाको बैठक बसेर यसबारेमा आवश्यक निर्णय लिने बताउँदै अध्यक्ष ठाकुरले नागरिकताले नागरिकलाई देशसँग जोड्छ तर राष्ट्रपतिले त्यसलाई तोड्न खोजेको आरोप लगाए ।
‘यो देशमा नागरिकता विना कुनै पनि काम गर्न सक्दैन, अरुले दिएको पैसा पनि बैठकबाट झिक्नका लागि नागरिकता चाहिन्छ, जागिरका लागि मात्र पनि होइन उच्च शिक्षाका लागि पनि नागरिकता चाहिन्छ, नेपालीलाई पाइला पाइलामा नागरिकता खोजेको हुन्छ त्यही नागरिकलाई नागरिकताबाट बन्चित गरेको छ,’ अध्यक्ष ठाकुरले भने, ‘संसदबाट अर्को प्रकृया सुरु हुन्छ, त्यो पछिको कुरा हो । तर राष्ट्रपति भण्डारीले आज जे कदम चालेकी छिन् त्यो जनताले कहिल्यै बिर्सिने छैनन् ।’ अध्यक्ष ठाकुरले नागरिकता विधेयक फिर्ताको सशक्त प्रतिवाद गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
