अध्यादेश ठीक, संसदबाट पारित विधेयक कसरी गलत हुन्छ ? राष्ट्रपति भण्डारीले यसको जवाफ दिनुपर्छ: अध्यक्ष यादव

नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावना विपरीत निर्णय गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा पारित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकृत गरेपछि अध्यक्ष यादवले सो आरोप लगाएका हुन् ।
रातोपाटीलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने, ‘राष्ट्रपतिजीले संविधानको भावना विपरीत निर्णय गर्नुभएको छ, त्यसले नागरिकको मौलिक अधिकार हनन भएको छ ।’ जुन नागरिकता विधेयकलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याउँदा राष्ट्रपति भण्डारीले पास गरेकी थिइन्, आज संसद्‍बाट त्यही विधेयकलाई पारित गरेर ल्याउँदा अस्वीकृत गर्नुले उनको मनसाय प्रस्ट भएको अध्यक्ष यादवले टिप्पणी गरे ।
'एक समयमा त्यही विधेयक ठिक थियो, अर्को समयमा त्यही विधेयक कसरी गलत हुन्छ ?,' यादवले प्रश्न गरे, 'राष्ट्रपति भण्डारीले यसको जवाफ दिनुपर्छ ।' अध्यक्ष यादवले जनताका सर्वोच्च निकाय संसद्लाई पनि राष्ट्रपति भण्डारीले अवहेलना गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली