बझाङ घटना : मृतकका श्रीमानले भने– ‘बिहान गाउँलेले भनेपछि थाहा पाएँ’

बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
दीपाका पत्नी पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगे । घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर जनक ढुंगानाका अनुसार पुष्कर राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् । रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएको थिए ।
गाउँलेले घर नजिकै रुखमा पत्नी र दुई नाबालक झुण्डिएको खबर गरेपछि आफुले थाहा पाएको पुष्करले प्रहरीलाई बताएका छन् । उनि राति सवा १२ बजेतिर घरमा आइपुगेका थिए । ‘थाकेर आएको थिएँ, खाना खाएर सुतेँ’ पुष्करले प्रहरीसँग भनेका छन्–‘बिहान गाउँलेले हल्ला गरेपछि हेर्न जाँदा श्रीमती र मेरा दुई छोराछोरी झुण्डिएको देखेँ ।’
दीपा पार्की नाम्लोमा र दुई नाबालक चुन्नीमा पासो लागेर झुण्डिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले शव जाँच मुचुल्का गरेर जिल्ला सदरमुकामतर्फ ल्याउँदै छ । घटनास्थलमा पुगेर पारिवारिक अवस्था र विगतको अवस्थाबारे सोधपुछ गरिएको र थप अनुसन्धान भइरहेको इन्सपेक्टर ढुंगानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते