आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा एकैपरिवारका तीन जना झुण्डिएको अवस्थामा फेला

बुधबार, २५ साउन २०७९, १४ : ४८
बुधबार, २५ साउन २०७९

बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९  घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र  पाँच वर्षीया छोरी  झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘हामी घटनास्थल पुग्दैछौँ, के कति कारणले उनीहरु झुन्डिएका हुन् थप अनुसन्धान हुन्छ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुङ्गानाले भने । स्थानीयले  खबर गरेपछि घटनास्थलतर्फ प्रहरी गइरहेको हो।  

झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि  जिल्ला अस्पताल  ल्याइने प्रहरीले जनाएको छ । मृतक  गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप