न्यान्सी पेलोसीको बेइजिङको विरोधको लामो इतिहास
चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । तर यो कदम पेलोसीको चीन सरकारलाई चिड्याउने पहिलो कदम भने होइन ।
पेलोसीको चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास छ । यसमा सबैभन्दा चर्चित घटना सन् १९९१ मा घटेको थियो । बेइजिङ भ्रमणमा रहेकी पेलोसीले तियानमेन चोक पुगेर दुई वर्षअघि चिनियाँ सरकारले गरेको दमनमा मारिएहरूको सम्मानमा ब्यानर देखाएकी थिइन् ।
चिनियाँ सरकारले पेलोसीलाई खासै रुचाउँदैन । चीनले पेलोसीप्रतिको घृणा खुला रूपमै राख्ने गरेको छ । एक पटक चीनले ‘झुट र गलत सूचानाले भरिपूर्ण’ नेतृ भनेको थियो ।
चीनले स्वशासित ताइवानलाई विद्रोही प्रान्तका रूपमा हेर्छ र यसलाई एक दिन एकीकरण गरिछाड्ने बताएको छ । उसले आवश्यक परे बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन ।
कैयौँ वर्षदेखि चीनले ताइवानको स्वतन्त्रतालाई मान्यता नदिन कूटनीतिक दबाब दिँदै आएको छ ।
पछिल्लो भ्रमणको चर्चा सुरु भएदेखि नै चीनले पेलोसी ताइवान गए गम्भीर परिणाम हुने चेतावनी दिएको छ । यसैले पेलोसी ताइवान भ्रमणमा निस्किँदा ताइवानलाई उनी पुग्ने देशको सूचीमा रािखएको थिएन ।
पेलोसीको पछिल्लो भ्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले समर्थन गरेका छैनन् । अमेरिका–चीन तनाव उच्च रहेको समयमा ह्वाइट हाउसका अधिकारीले उनको यात्रा रोक्न अन्तिमसम्म प्रयास गरेको थियो ।
बाइडेनले हालै पत्रकार भेटघाटमा ‘अमेरिकी सेनाले भ्रमणलाई राम्रो नमानेको बताएको’ प्रतिक्रिया दिएको थियो ।
सन् १९९१ को तियानमेन स्क्वायर भ्रमण
बेइजिङको तियानमेन स्क्वायरमा चीनमा प्रजातन्त्रको माग गरेका प्रदर्शनकारीविरुद्ध चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले सेना प्रयोग गरेको थियो । यसमा हजारौँको सङ्ख्यामा हताहती भएको थियो ।
यस दमनको दुई वर्षपछि तत्कालीन समय क्यालिफोर्नियाकी सभासद रहेकी पेलोसी बेइजिङ गएकी थिइन् ।
पेलोसीलगायत अन्य दुई सभासदहरूसँग तिनलाई दिइएको सुरक्षाको आँखा छलेर चिनियाँ आयोजकहरूको अनुमतिबिना तियानमेन स्क्वायरमा गए ।
त्यहाँ तिनीहरूले एउटा सानो हस्तलिखित ब्यानर फहराए जसमा लेखिएको थियो– चीनमा प्रजातन्त्रका निम्ति मर्नेहरूका लागि ।
28 years ago, we traveled to Tiananmen Square to honor the courage & sacrifice of the students, workers & ordinary citizens who stood for the dignity & human rights that all people deserve. To this day, we remain committed to sharing their story with the world. #Tiananmen30 pic.twitter.com/7UqiJVRS3t
— Nancy Pelosi (@SpeakerPelosi) June 4, 2019
उपस्थित प्रहरीले घटना कभर गर्ने पत्रकारहरूलाई धक्कामुक्की गर्यो भने तीन अमेरिकी सभासदहरूलाई त्यहाँबाट जान भनेको थियो ।
चीनको विदेश मन्त्रालयले पछि घटनालाई ‘पूर्वनियोजित प्रहसन’ भनेको थियो ।
केहीले त्यो भ्रमणको समयमा पेलोसीलगायत कङ्ग्रेस सदस्यको कार्यको आलोचना गरेका थिए । तिनमा पूर्व सीएनएन बेइजिङ ब्युरो प्रमुख माइक चिनोय पनि एक थिए । उनले फरेन अफेयरमा एक लेख लेख्दै उनी पक्राउ पर्नुको कारण पेलोसी भएको लेखेकी थिइन् ।
चिनोयले फरेन अफेयरका बारेमा लेखेको लेखमा आफूलाई पेलोसीले तियानमेन स्क्वायरमा के गर्दैछिन् भन्ने थाहा नपाई समाचार कभर गर्न जाँदा कैयौँ घण्टा पक्राउ परेको लेखेका छन् ।
हिरासतमा रहेपछि आफूले विदेशी प्रतिष्ठित व्यक्तिहरूको समाचार सम्प्रेषण गर्न असमर्थ भएको लेखेका चिनोयले दुःख व्यक्त गरेका छन् ।
‘चिनियाँ कम्युनिस्ट सरकारको आँखामै ताकेर हान्ने हिसाबको उक्त विरोध मेरा लागि परिणामको प्रवाह नगरी हाई–प्रोफाइल हर्कत गर्ने पेलोसी शैलीको पहिलो साक्षात्कार थियो,’ चिनोयले भने ।
तियानमेन स्क्वायरको दमन लगत्तै पेलोसीले सन् १९८९ मा अमेरिकी कङ्ग्रेसमा ‘चीनको कारबाहीको निन्दा गर्ने प्रस्ताव ल्याउन नेतृत्व’ गरेकी थिइन् । उनले पछि वर्षौंदेखि प्रदर्शनकारीहरूको ‘नरसंहार’का बारेमा बोलिरहेकी छिन् ।
यो वर्ष पेलोसीले तियानमेन स्क्वायरको विरोध प्रदर्शनको ३३औँ वर्षगाँठमा एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई ‘राजनीतिक साहसको हालसम्मकै सबैभन्दा ठूलो कदम’ भन्दै कम्युनिस्ट पार्टीको ‘दमनकारी शासन’को आलोचना गरिन् ।
हु जिनताओलाई पत्र
सन् २००२ मा तत्कालीन चिनियाँ उप–राष्ट्रपति हु जिन्ताओसँगको भेटमा पेलोसीले चीन र तिब्बतका अभियन्तालाई थुनामा राखेको बारेमा चारवटा पत्र दिने प्रयास गरेकी थिइन् ।
तर हुले पत्र लिन अस्वीकार गरिदिए । सात वर्षपछि पेलोसीले फेरि हुलाई राजनीतिक बन्दी लिउ सियाओबोको रिहाइको माग गदै अर्को पत्र हस्तान्तरण गरिन् । हु यस समय चीनका राष्ट्रपति भइसकेका थिए ।
लिउलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिइयो तर चीनले पुरस्कार स्वीकार गर्न लिउलाई नर्वे जाने अनुमति दिएन । लिउको सन् २०१७ मा क्यान्सरका कारण हिरासतमै मृत्यु भएको थियो ।
विश्व व्यापार सङ्गठनमा चीनको प्रवेशमा सर्त राख्नुपर्नेमा जोड दिएकी पेलोसीले वर्षाैंदेखि पेलोसीले चीनको व्यापारिक हैसियतलाई उसको मानव अधिकार रेकर्डसँग जोड्न आह्वान गर्दै आएकी छन् ।
ओलम्पिकको विरोध
पेलोसीले मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै सन् १९९३ मा ओलम्पिक खेलकुद आयोजना गर्ने चीनको प्रस्तावको विरोध गरिन् ।
सन् २००८ मा चीनको ग्रीष्मकालीन ओलम्पिक उद्घाटन समारोह बहिष्कार गर्न तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई आग्रह गर्ने सांसदहरूमध्ये उनी एक थिइन् ।
यही वर्ष सभामुखका रूपमा पेलोसीले फेरि चीनमा उयिगुर मुस्लिममाथिको बेइजिङको दुव्र्यवहारलाई देखाउँदै सन् २०२२ को शीतकालीन ओलम्पिक ‘कूटनीतिक बहिष्कार’को आह्वान गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?