मेयरको बयान : श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेजस्तो देखिन्छ
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय सरकारका प्रतिनिधिहरु पनि पुगेका छन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए ।
उनले रातोपाटीसँग भने, ‘तारकेश्वर नगरपालिका वडा नम्बर २ अन्र्तगत पदमसालमा भएको घटना हो । हामीले घटनास्थलमा बुझ्ने क्रममा श्रीमतीको हत्या पश्चात छोराछोरीको हत्या अनि आफैले सुसाइड गरेको जस्तो देखिएको छ ।’
मेयरको संक्षिप्त कुराकानी यसप्रकार छः
काभ्रेस्थली घटनाबारे तपाईंले पाएको जानकारी बताइदिनुस् न ?
तारकेश्वर नगरपालिका वडानम्बर २ अन्र्तगत पदमसालमा घटेको घटना हो । हामीले घटनास्थलमा बुझ्ने क्रममा श्रीमतीको हत्या पश्चात छोराछोरीको हत्या अनि आफैले सुसाइड गरेको जस्तो देखिएको छ ।
घटना कतिबेला भएको रहेछ भन्ने खुल्यो ?
घटनाको एकिन समय खुलिसकेको छैन । प्रारम्भिक विवरणअनुसार रातको समयमै घटना भएको हुनसक्ने अनुमान गरिएको छ । किनभने क्रमिक रुपमा हेर्दा आज बिहान बच्चालाई स्कुल लैजान बस आउँदा पत्ता लागेको हो । त्यसक्रममा कोही नभएपछि प्रहरी प्रशासनलाई खवर गरेर भित्र गएपछि घट्नाबारे थाहा भएको हो ।
घटना थाहा भएपछि अनुसन्धान कसरी सुरु भएको छ ?
थाहा भएपछि प्रहरी पनि पुगेको छ । सोधपुछ भइरहेको छ । वरीपरीका मानिसहरुसँग प्रहरीले सोधखोज गरिरहेको छ । यो वडाका वडाध्यक्ष र वडासदस्य पनि घटनास्थलमै हुनुहुन्छ ।
कस्तो परिवार हो भन्ने खुल्यो कि ?
पुरै पारिवारिक विवरण थाहा भैसकेको छैन । तर श्रीमती सुनिता पाण्डे २ दिनपछि युके जाने तयारीमा हुनुहुन्थ्यो भन्नेसम्म बुझिएको छ । दिनेश पाण्डेको प्रोफेसनल बुझिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण