बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरको बयान : श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेजस्तो देखिन्छ

सोमबार, १६ साउन २०७९, १४ : ३३
सोमबार, १६ साउन २०७९

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय सरकारका प्रतिनिधिहरु पनि पुगेका छन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए । 

उनले रातोपाटीसँग भने, ‘तारकेश्वर नगरपालिका वडा नम्बर २ अन्र्तगत पदमसालमा भएको घटना हो । हामीले घटनास्थलमा बुझ्ने क्रममा श्रीमतीको हत्या पश्चात छोराछोरीको हत्या अनि आफैले सुसाइड गरेको जस्तो देखिएको छ ।’
मेयरको संक्षिप्त कुराकानी यसप्रकार छः

काभ्रेस्थली घटनाबारे तपाईंले पाएको जानकारी बताइदिनुस्  न ?
तारकेश्वर नगरपालिका वडानम्बर २ अन्र्तगत पदमसालमा घटेको घटना हो । हामीले घटनास्थलमा बुझ्ने क्रममा श्रीमतीको हत्या पश्चात छोराछोरीको हत्या अनि आफैले सुसाइड गरेको जस्तो देखिएको छ ।

घटना कतिबेला भएको रहेछ भन्ने खुल्यो ?
घटनाको एकिन समय खुलिसकेको छैन । प्रारम्भिक विवरणअनुसार रातको समयमै घटना भएको हुनसक्ने अनुमान गरिएको छ । किनभने क्रमिक रुपमा हेर्दा आज बिहान बच्चालाई स्कुल लैजान बस आउँदा पत्ता लागेको हो । त्यसक्रममा कोही नभएपछि प्रहरी प्रशासनलाई खवर गरेर भित्र गएपछि घट्नाबारे थाहा भएको हो ।

घटना थाहा भएपछि अनुसन्धान कसरी सुरु भएको छ ?
थाहा भएपछि प्रहरी पनि पुगेको छ । सोधपुछ भइरहेको छ । वरीपरीका मानिसहरुसँग प्रहरीले सोधखोज गरिरहेको छ । यो वडाका वडाध्यक्ष र वडासदस्य पनि घटनास्थलमै हुनुहुन्छ ।

कस्तो परिवार हो भन्ने खुल्यो कि ?
पुरै पारिवारिक विवरण थाहा भैसकेको छैन । तर श्रीमती सुनिता पाण्डे २ दिनपछि युके जाने तयारीमा हुनुहुन्थ्यो भन्नेसम्म बुझिएको छ । दिनेश पाण्डेको प्रोफेसनल बुझिएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप