४ जनाको विभत्स हत्या : युके जाने तयारीमा थिइन् सुनिता
राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको रातोपाटीलाई बताए ।
‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’ घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको छ । मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण