शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

आइतबार, १५ साउन २०७९, २१ : ४४
आइतबार, १५ साउन २०७९

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । 

यसअघि महासंघले सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका थिए । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति अध्यक्ष विदेशबाट आउने बित्तिकै महासंघको माग सम्बोधन गर्ने भएकाले अहिलेलाई आन्दोलन फिर्ता लिन अनुरोध गरेको थियो । सोही अनुसार महासंघले आन्दोलन फिर्ता गरेको हो ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप