मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनका कार्यक्रम  फिर्ता लिन महासंघलाई निगमको अनुरोध

आइतबार, १५ साउन २०७९, २० : ४०
आइतबार, १५ साउन २०७९

नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम  फिर्ता गर्न अनुरोध गरेको छ । महासंघले आइतबार यही साउन १६ गतेदेखि गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

निगमले महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता गरेर पेट्रोलियम ढुवानीमा सहजीकरण गर्न अनुरोध गरेको हो । महासंघको मागप्रति सकारात्मक रहेको भन्दै निगमले निगमका सञ्चालक समितिका अध्यक्ष विदेशबाट फर्किए लगत्तै माग सम्बोधन गर्ने भएकाले अहिले आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप