मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा शर्माको स्वागतदेखि पदभारसम्म (तस्बिरमा हेर्नुस्)

आइतबार, १५ साउन २०७९, १८ : ४९
आइतबार, १५ साउन २०७९

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले शपथ ग्रहणपछि साँझ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । शर्मालाई मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए भने सचिव मधु मरासिनी अनुपस्थित थिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेपछि शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए । तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप