शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शपथलगत्तै पदभारका लागि अर्थ मन्त्रालय पुगे शर्मा

आइतबार, १५ साउन २०७९, १८ : ३२
आइतबार, १५ साउन २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । 

राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष सावित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप