बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संसदीय विशेष समितिको रिपोर्टबारे ओली : तथ्यमा आधारित रिपोर्ट होइन, यो मान्न सकिँदैन

शनिबार, १४ साउन २०७९, १० : ००
शनिबार, १४ साउन २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन नमान्ने बताएका छन् । शनिबार काठमाडौमा राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन नमान्ने बताएका हुन् । 

उनले ६ दलको सरकारलाई ढाँटछल, बजेटमारा र राष्ट्रिय ढुकुटीमाराको संज्ञा दिए । उनले बजेट बनाउँदा र करका दर तय गर्दा कमिसन खाएको दावी गर्दै त्यसको छानविन गर्न र फुटेज देखाउन भन्दा किन छानविन र फुटेज देखाउने ? भनेर प्रश्न गरेको बताए । उनले प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानविन समिति गठनप्रति प्रश्न उठाउँदै भने, ‘आयोगको गठन कस्तो छ भन्दा जसलाई चाहियो उसलाई अल्पमतमा राख्या छ । गठबन्धनहरुकै बहुमत राखेर आयोग बनाएको छ । त्यो बहुमतले गठबन्धनकै भनाइ अुनसार रिपोर्ट दिन्छ ।’

उनले परीक्षण गर्ने प्रहरी पनि एसपीसम्मको मात्रै भएको र उसले जे भन्यो त्यही गरेको बताए । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ? यो कुनै तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुँदैन, नेपाली जनताले अस्वीकार गर्नुपर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्यमा अडिएर अगाडि बढ्ने पनि बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप