संसदीय विशेष समितिले तयार गर्यो प्रतिवेदन, भोलि सभामुखलाई बुझाउँदै
बिहीबार, १२ साउन २०७९, २० : २०
अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो ।
समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरिएको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवधि पाएको थियो । तर तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेको थियो ।
आज सिंहदरबारमा बसेको सो समितिको अन्तिम बैठकले प्रतिवेदन तयार पारेको हो । समितिले भोलि प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने छ । चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको शर्मामाथि आरोप लागेको थियो । त्यससँगै उनले असार २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्री चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु