आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय विशेष समितिले तयार गर्‍यो प्रतिवेदन, भोलि सभामुखलाई बुझाउँदै

बिहीबार, १२ साउन २०७९, २० : २०
बिहीबार, १२ साउन २०७९

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार  बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो । 

समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरिएको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवधि पाएको थियो । तर तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेको थियो ।

आज सिंहदरबारमा बसेको सो समितिको अन्तिम बैठकले प्रतिवेदन तयार पारेको हो । समितिले भोलि प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने छ ।  चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको शर्मामाथि आरोप लागेको थियो । त्यससँगै उनले असार २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।​


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप