मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

लोकप्रिय मतमा काँग्रेस पहिलो, स्वतन्त्रलाई ३ लाख मत

मङ्गलबार, १० साउन २०७९, १८ : ३७
मङ्गलबार, १० साउन २०७९

स्थानीय निर्वाचन (२०७९) मा नेपाली काँग्रेसले नेकपा एमालेभन्दा करिब डेढ लाख बढी मत पाएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस लोकप्रिय मतमा पहिलो भएको तथ्यांक सुनाएको हो । 

काँग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगले जनाएको छ । यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । आयोगका अनुसार काँग्रेसले ३४‍.२८ र एमालेले ३३.०३ प्रतिशत मत पाएका छन् ।एमालेभन्दा  काँग्रेसले एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगको विवरणमा उल्लेख छ । आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । 

जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ लाख ४४ हजार ८८२ मत पाउँदा जनमत पार्टीले १ लाख १५ हजार ३५ मत पाएको छ ।

८ पार्टी बाहेकले स्थानीय निर्वाचनमा लाख भोट खटाउन नसकेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । यस्तै देशभरको स्वतन्त्र उम्मेदवारले ३ लाख १२ हजार ६४५ मत ल्याएका थिए । आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको हो ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप