बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावमा प्रमुख/उपप्रमुख पदको मतमा एमाले बन्यो पहिलो दल

मङ्गलबार, १० साउन २०७९, १८ : २०
मङ्गलबार, १० साउन २०७९

गत स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष पदमा पाएको मत अनुसार एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरण अनुसार यी पदमा एमालेले लोकप्रिय मत पाएको हो ।

आयोगले सार्वजनिक गरको विवरण अनुसार नगरप्रमुख पदमा एमालेले सर्वाधिक २३ लाख ४८ हजार ७ सय ९ मत अर्थात ३४ दशमलव ५८ प्रतिशत मत पाएको छ । दोस्रोमा काँग्रेसले २२ लाख ७९ हजार ३ सय ६३ मत अर्थात ३३ दशमलव ५६ प्रतिशत मत पाएको छ । तेस्रोमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६ सय ९३ मत अर्थात ९ दशमलव २४ प्रतिशत मत पाएको छ । उपप्रमुख पदमा पनि एमालेले लोकप्रिय मत पाएको छ । नगर उपप्रमुख पदमा एमालेले ३६ दशमलव २५ प्रतिशत, काँग्रेसले २४ दशमलव २० प्रतिशत, माओवादी केन्द्रले १५ दशमलव १७ प्रतिशत मत पाएको छ । 

हेर्नुहोस विवरण:  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप