आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कट्रिना, विक्कीलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

सोमबार, ०९ साउन २०७९, १६ : ५६
सोमबार, ०९ साउन २०७९

कट्रिना कैफ र विक्की कौशललाई मार्ने धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले यसको जानकारी दिएको छ । विक्की कौशलको उजुरीपछि मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा यो मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीलाई दिएको उजुरीमा विक्की कौशलले सामाजिक सञ्जालमा एक व्यक्तिले आफू र उनकी श्रीमतीलाई ज्यान मार्ने धम्की दिइरहेको बताएका थिए ।

 


उनका अनुसार आरोपितले आफ्नी श्रीमतीलाई पछिल्ला केही दिनदेखि स्टक गर्दै आएका थिए । आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरेपछि, मुम्बई पुलिसले यस विषयमा अनुसन्धान सुरु गर्‍यो र केही घण्टा पछि आरोपीलाई पक्राउ गर्‍यो ।

कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप